बचतपत्र धनीलाई बचत फिर्ता लिन राष्ट्र बैंकले बलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीलाई बचत फिर्ता लिन बोलाएको छ ।

राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा व्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशिघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार हालसम्म नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमा आवेदन दिएको मध्ये १० करोड ७७ लाख ९१ हजार ८३३ रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । दुवै बचतपत्र परिपक्व भएपनि अहिलेसम्म बचतकर्ताले यो रकम दाबी गर्न नआएको राष्ट्र बैंकको भनाइ छ ।

वैदेशिक रोजगार बचतपत्रको ९१ लाख २० हजार ८६५ रुपैयाँ हालसम्म कसैले दाबी गर्न नआएको जनाएको छ । यस्तै नागरिक बचतपत्रमा आवेदन दिएका मध्येबाट हालसम्म ९ करोड ८६ लाख ७० हजार ९७७ रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।


क्लिकमान्डु