मौद्रिक नीतिमा सुझाव माग्न सरोकारवालासँग आज छलफल गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव माग्न सरोकारवालासँग आज छलफल गर्दैछ । केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक नीतिमा सुझाव संकलन गर्न १ बजे छलफल बोलाएको हो ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बैंक, वित्तीय संस्था, निजी क्षेत्रका प्रतिनिधिसमेत डाकेर आजै छलफल गर्न लागिएको बताए । छलफलबाट प्राप्त उचीत सुझावलाई मौद्रिक नीति तर्जुमाका क्रममा समेटिने उनले बताए ।


क्लिकमान्डु