विवाहित जोडीलाई बुध्द एयरले पोखराको दुईतर्फी हवाई टिकट दिने



काठमाडौं । असार महिनामा थोरै विवाह लगन देखिएको छ, त्यो पनि अन्तिम सातातिर मात्र । बुध्द एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फि टिकट पुनः सञ्चालनमा ल्याएको छ ।

बुध्द एयरको उडानमा बेहुला–बेहुलीले बुध्द एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा शेयर गरेको हुनुपर्छ ।

यसरी शेयर गरिएकोबाट ४ जना जोडीलाई बुध्द एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप भेट गर्नेछ ।
बुध्द एयरले हालसालै मात्रै १८ औं जहाज भित्र्याएको छ ।


क्लिकमान्डु