प्रचण्डले राजीनामा नदिने, विश्वासको मत सामना गर्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने निर्णय गरेपछि दाहालले राजीनामा दिने अपेक्षा गरिएको थियो । तर, नेकपा माओवादी केन्द्रको पदाधिकारी वैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।

माओवादीका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने निर्णय गरेको बताए । राजीनामा दिनुको सट्टा विश्वासको मत लिने उनको भनाइ छ । दाहालले राजीनामा नदिए एमालले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्नेछ ।

समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रचण्डले विश्वासको मत नपाए मात्र कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण प्रक्रिया सुरु हुनेछ ।


क्लिकमान्डु