मन्त्रीहरुलाई बालकोटमा बोलाइएको छैन: ओलीको सचिवालय



काठमाडौं । सरकार परिवर्तनको चर्चा चलिरहँदा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको हो । बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई बालकोटमा बोलाएको एक मन्त्रीले जानकारी दिएका थिए ।

तर, ओलीको सचिवालयले भने सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा नबोलाइएको जनाएको छ ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ,’ ओलीको सचिवालयले भनेको छ, ‘तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ ।’


क्लिकमान्डु