सत्ता फेरबदलको चर्चाः एमाले अध्यक्ष ओलीले पार्टीका मन्त्रीलाई बालकोट बोलाए



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीबाट बनेका मन्त्रीहरुलाई साँझ निजी निवासमा बोलाएका छन् ।

सत्ता फेरबदलको चर्चा चुलिएसँगै अध्यक्ष ओलीले एमालेबाट सरकारमा सहभागी भएका सबै जना मन्त्रीहरुलाई आजै साँझ निजी निवास बालकोटमा बोलाएका हुन् ।

अहिले प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट ८ जना मन्त्री छन् ।

मन्त्रीहरु बालकोट जानुअघि मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।


क्लिकमान्डु