नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी फरार थिए । महानगरीय प्रहरी परिसरका अनुसार झालाई नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार राति गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा उपचारको लागि लगिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ पनि परेका थिए । यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनस् अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका(६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ ।


क्लिकमान्डु