ईभी ब्याट्री साढे ४ मिनेटमै ८०% चार्ज हुने



एजेन्सी । बेलायतको स्टार्टअप न्योबोल्टले विकास गरेको इलेक्ट्रिक भेहिकलको ब्याट्री ५ मिनेटभन्दा छोटो समयमा नै चार्ज भएको छ । उक्त ब्याट्री यसको पहिलो परीक्षणको क्रममा ४ मिनेट ३७ सेकेन्डमा नै १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज भएको हो ।

उक्त ब्याट्रीलाई बेडफोर्डस्थित एक परीक्षण ट्र्याकमा विशेष रुपमा निर्मित स्पोर्ट्स कारमा परीक्षण गरिएको थियो । जुन स्टेसन ईभीलाई अत्यधिक तीब्र चार्ज गर्ने उद्योगहरुको एक स्टेसन हो ।

हालसम्म टेस्लाको सुपरचार्जरले कारको ब्याट्रीलाई ८० प्रतिशत चार्ज गर्नका लागि १५ देखि २० मिनेट समय लाग्छ ।

विशेषज्ञहरुले भने ‘रेन्ज एङजाइटी’ हटाउनु ईभीको बढ्दो खपतको कारक मान्ने गर्छन् । सँगै चार्जिङ संरचनामा सुधारको महत्त्वमा पनि उनीहरुले जोड दिएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीमा दिगो ऊर्जा विषयका प्राध्यापक पल शियरिङले भनेका छन्, ‘तीब्र गतिमा कार चार्ज गर्ने प्रविधिको विकास गर्ने कुरा महत्त्वपूर्ण छ । यसले मानिसलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ । जुन अहिले कारलाई पुन:इन्धन भर्न लाग्ने समयसँग जोडिन्छ ।’ साथै उनले त्यहाँ सबै प्रकारका चार्जहरु आवश्यक पर्ने पनि बताएका छन् ।

यस्तै यसै साता न्योबोल्ट ब्याट्री ४ मिनेट ३७ सेकेन्ड चार्ज गरेपछि दुई दिनसम्म १२० माइल गाडी गुडेको थियो। ८० प्रतिशत चार्ज भएको टेस्ला भने सामान्यतया २०० माइलसम्मको रेन्ज हुन्छ ।

न्योबोल्टका सहसंस्थापक डा. साइ शिभरेड्डीले भने नतिजाबाट आफू खुसी भएको तर परीक्षण तनाब दिने किसिमको रहेको प्रतिक्रिया दिएका छन् । यद्यपि उक्त परीक्षण अटो उद्योगका पेशाकर्मीका आमन्त्रित दर्शकहरुको अगाडि लाइभ गरिएको थियो।

युकेको गर्मीको लहर, कन्सेप्ट कारको कुलिङ प्रणालीमा असफलता र न्योबोल्ट बाहेकको अन-साइट चार्जर चुनौतीको रुपमा थिए । यस्ता कारकहरुले गर्दा फर्मलाई प्रयोगशाला परिणामहरु फेरि ल्याउन रोक्ने बताइएको छ । जवकि ब्याट्री ६ मिनेटमा ० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सक्ने पनि बताइएको छ ।

न्योबोल्टका सहसंस्थापक शिवरेड्डीले उक्त परीक्षण कार्यक्रमलाई विशाल कोषेढुंगा सावित भएको बताएका छन् । ‘विद्युतीकरणका लागि यो एउटा विशाल कोषेढुंगा भएको छ,’ शिवरेड्डीले भने ।

कम्पनीले यस ब्याट्रीबाट चार्जको गिरावटलाई पनि न्युनीकरण गरिदिएको दाबी गरेको छ । साथै उक्त ब्याट्री ४ हजारको चक्रपछि पनि ८० प्रतिशत चार्ज हुने बताइएको छ । ब्याट्री चार्जको पूर्ण चक्रमा ० देखि १०० प्रतिशत हुन्छ । तर यो सबै एकैपटकमा हुनुपर्ने जरुरी हुँदैन । जस्तो कि दुईवटा ५० प्रतिशत चार्जलाई यहाँ एउटा पूर्ण चक्र मानिन्छ ।


क्लिकमान्डु