सवा ४० करोड रुपैयाँको विद्युतीय सिरक नेपाल आयात



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ४० करोडभन्दा बढी मूल्यबराबरको इलेक्ट्रिक ब्ल्यांकेट(विद्युतीय सिरक) नेपालमा आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि जेठसम्मको अवधिमा २६ मुलुकबाट ४० करोड १७ लाख ६८ हजार मूल्यबराबरको ९ लाख ६३ हजार ५ सय २९ वटा इलेक्ट्रिक ब्ल्यांकेट नेपालमा आयात भएको हो ।

२६ वटा मुलुकबाट आयात भएको यस्तो इलेक्ट्रिक ब्ल्यांकेट भने सबैभन्दा बढी भारतबाट आयात भएको छ । भारतपछि चीनबाट अत्याधिक परिमाणमा आयात भएको छ । भारतबाट ३३ करोड ४१ लाख ४१ हजार मूल्यबराबरको ७ लाख ६७ हजार ६ सय २५ वटा यस्तो इलेक्ट्रिक ब्ल्यांकेट आयात भएको छ ।

यस्तै चीनबाट ६ करोड ६२ लाख ५ हजार मूल्यबराबरको १ लाख ९३ हजार १ सय ६८ वटा इलेक्ट्रिक ब्ल्यांकेट आयात भएको हो । यसपछि थाइल्याण्डबाट ५ लाख ६६ हजार मूल्यबराबरको १ हजार ७ सय ११ वटा आयात भएको छ । सरकारले ब्ल्यांकेट आयातबाट १२ करोड ६४ लाख ७७ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।


क्लिकमान्डु