उड्डयन प्राधिकरणको कडा एक्सन, वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जनालाई काम गर्न प्रतिबन्ध




काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डउन प्राधिकरणले नेपाल वायुसेवा निगममाथि कडा एक्सन लिएको छ । प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीसहित ५ जनालाई अर्को निर्णय नभएसम्मको लागि कार्यकारी भूमिका रहेर काम गर्न नपाउने निर्णय गरेकाे छ भने उनीहरुले पाएको जिम्मेवारीको काम पनि अर्को सूचना नभएसम्म नगर्न पत्राचार गरेको छ ।

प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीको एकाउन्टेवल म्यानेजर पद खाेसिदिएको छ । प्राधिकरणको याे निर्णयसँगे अब अधिकारीले कुनै पनि काम गर्नमा रोक लागेका छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमले उड्डयन निगमले हदैसम्मको लापरवाही गरेको र उडान सुरक्षामा दिएको चुनौतिका कारण निगमका पाँच जनामाथि एक्सन लिनुपरेको हो । उनका अनुसार प्राधिकरणले अधिकारीको ‘एकाउन्टेबल म्यानेजर’ पद खोसेको छ । अधिकारीका साथ अरु ४ जनलाईसमेत अर्को निर्णय नभएसम्मका लागि काम गर्नबाट रोक लगाएको हो ।

निगमका अधिकारीले दुईवटा वाइड बडी जहाजमध्ये ए३३०–२०० सिरिजको दर्ता नम्बर ९एन–एएलवाई’ जहाज नियमित मर्मत (सी–चेक)गर्न विनाअनुमति युरोपको इटाली लगेपछि एकाउन्टेबल म्यानेजर अधिकारीलाई कारबाही स्वरूप काम गर्न रोकिएको हो ।

‘उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि निगमका एकाउन्टेबल म्यानेजरलाई अर्को निर्णय नभएम्म काम गर्न रोक लगाउनुका साथै प्राधिकरणकले आन्तरिक छानविन गर्ने गरी एक समिति समेत बनाएको छ ।

प्राधिकरणका अनुसार वायसेवा कम्पनीहरूले जहाज मर्मत गर्न इटली लैजाने क्रममा नागरिक उड्डयन प्राधिकरणबाट पूर्वअनुमति लिएको छैन । प्राधिकरणबाट अनुमति नै नलिइ इटालीको एटिटेकमा जहाज मर्मत गर्न वाइड बडी जहाज पठाएकोछ । उड्डयन नियम अनुसार विदेशमा जहाज मर्मत गर्न पठाउँदा नियमकको अनिवार्य अनुमति लिनुपर्छ ।

अनुमति नलिएको कम्पनीमा अनुमतिविना जहाज लगेर उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको प्राधिकरणको ठहर छ । निगमले त्यही कम्पनीमा जहाज मर्मत गर्न लानु थियो भने विगतमै त्यो कम्पनीले अनुमति लिएको भए कुनै समस्या नहुने दाबी गरेको छ ।

प्राधिकरणले वाइड बडी जहाज उडाएर लाने क्याप्टेनहरू महेश्वरमान डंडोल र रमन घिमिरे, अपरेसन डाइरेक्टर क्याप्टेन दीपु ज्वार्चन र एयर वर्दिनेस म्यानेजर ज्ञानबहादुर कुँवरलाई अर्को निर्णय नभएसम्म निलम्बन गरिएकाे छ । उनीहरुले उडान गर्न तथा पदीय जिम्मेवारीमा रहेर काम गर्नबाट रोकिएको प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।

यसअघि पनि प्राधिकरणले निगमका अध्यक्षलाई उड्डयन सुरक्षामा कमजाेरी गरेकाे भन्दै पटक पटक स्पष्टीकरण सोधेर कारवाही गर्ने चेतावनी दिएको थियो। प्राधिकरणले सुध्रने मौका पटक पटक दिँदा अटेर गरेको र पछिल्लो घटनाबाट भने कडा एक्सन नै लिनुपरेको प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु