केहीले ट्रयापबाट बाहिर निस्कन मौद्रिक नीतिलाई आफू अनुकुल बनाउन खोजेका छन्: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही व्यक्तिले ट्रयापबाट बाहिर निस्कन मौद्रिक नीतिलाई आफू अनुकुल बनाउन केन्द्रीय बैंकमा ठोकिने गरेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकस कार्यक्रममा गभर्नर अधिकारीले कतिपय समयमा लोनको भ्यालु बढाउने सुझाव राष्ट्र बैंकमा आउने गरेको उल्लेख गरे । अहिले लोनको भ्यालु बढाए व्यवसायीहरु चाबी बुझाउछौं भन्दै राष्ट्र बैंकमा आउने त्रास रहेको उनको भनाइ छ ।

केन्द्रीय बैंक ऋणीलाई बोझ बोकाउनेतर्फ नरहेको उनले स्पष्ट पारे ।

वर्किङ क्यापिटल गाइड लाइन्समा कुनै समस्या नरहेको बताउँदै गभर्नर अधिकारीले कुनै समस्या आए राष्ट्र बैंकमा सुझाव दिन आग्रह गरे ।

वर्किङ क्यापिटल गाइड लाइन्समा कुनै सीमा नराखेको उनले बताए । बिरोधका लागि बिरोध गर्नुभन्दा पनि समस्या भएर ल्याएको खन्डमा त्यसको समाधान गर्ने उनले बताए ।

अब ग्राहक संरक्षणका लागि सुपरभिजन गर्ने उनको भनाइ छ ।

बैंकबाट लोन लिँदा कमिसन लिनु संवेदनशील विषय रहेको बताउँदै गभर्नर अधिकारीले यस्ता विषयलाई राष्ट्र बैंकले गम्भीर रुपमा हेर्ने बताए ।

बैंक तथा वित्तीय संस्थामा नियमन नहुने हो भने सहकारीको जस्तो अवस्था आउनेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ । नियमन कस्तो भयो भन्नेमा ध्यान दिनु पर्ने अधिकारीले बताए ।


क्लिकमान्डु