भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा, को बन्ला मुख्य सचिव ?



काठमाडौं । निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गरि अर्याललाई सरुवा गरेको हो ।

मुख्य सचिव सरहको पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मात्र रहेकोमा सरकारले नयाँ मुख्य सचिव बनाउन सहज हुने गरि योजना आयोगमा पद सिर्जना गरेको हो ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयका वरिष्ठतम सचिव लीलादेवी गड्तौला निरौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

अर्याललाई योजना आयोगमा सरुवा गर्दा मुख्य सचिको पद रिक्त भएकाले सरकारले आफू अनुकुलको सचिवलाई मुख्यसचिवमा बडुवा गर्न सक्ने छ ।

हाल गृहसचिव रहेका एक नारायण अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा मुख्य सचिव बन्ने लबिङमा छन् । यस्तै प्रमुख तथ्यांक अधिकृत रहेका अर्जुन कुमार पोखरेल, सञ्चार सचिव रेहका रामकृष्ण सुवेदी प्रधानमन्त्री पुष्पकमल दाहालको आडमा मुख्य सचिव बन्न प्रयासरत छन् ।

अर्यालविरुद्ध अन्त:शुल्क प्रकरणमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वत निलम्बनमा छन् । अदालतबाट मुद्दा जितेमा अर्यालले अब योजना आयोगमा पदबहाली गर्नु पर्ने छ ।


क्लिकमान्डु