विश्व किसान संगठन डब्लुएफओको सञ्चालकमा नेपालका पाठक निर्वाचित



काठमाडौं । विश्वभरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालबाट सहकारी अभियानकर्मी खेमबहादुर पाठक निर्वाचित भएका छन् ।

इटलीको रोमस्थित संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि अर्गानाइजेसन (फाओ) को मुख्यालयमा भएको निर्बाचनमा नेपाल कृषि सहकारी केन्द्रीय, साना किसान विकास लघुवित्त बित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षसमेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।

पाठकसहित डब्लुएफओको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् । किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको डब्लुएफओ उच्च तहको सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफैमा खुसी र गौरवको कुरा भएको पाठकले बताएका छन् ।

डब्लुएफओको महासभा २०२४ को सदस्य संगठनको निर्बाचनमा सर्वसम्मतले पाठक निर्बाचित भएका हुन्


क्लिकमान्डु