प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डाईग्‍नोस्टिक सेन्टरमा छुट



काठमाडौं । पानी पोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरमा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

एक समारोहबीच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लिमिटेडका तर्फबाट बागमती प्रदेश चिफ प्रोभिन्स अफिसर दिपेन्द्र बाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेसलाइजेसनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, युएसजी, इसीजी, इकोमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्ने छ । “रिजल्ट्स ह्वेर म्याटर्स” मूल नाराका साथ २०८० साल जेठ ३ गते औपचारिक रुपमा काठमाडौंको मुटु पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालि स्थापना गरिएको थियो ।


क्लिकमान्डु