सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न थपियो एक हप्ता समय

49
Shares

काठमाडौं । सरकारले सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ ।

यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेकोमा सरकारले आज एक सूचना जारी गरी १९ गतेसम्मको समय दिएको हो ।

यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो । शुक्रबार फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ ।

आज जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३/०३/१२ भित्रमा होल्डिङ सेन्टरहरुमा बसोबास गर्नेहरुलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३/०३/१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।’