कालिमाटी तरकारी बजारमा आज : घिरौंलामा १० रुपैयाँ बढ्यो



काठमाडौं । घिरौंलाको मूल्य थोकमा घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा घिरौंलाको थोक मूल्यमा १० रुपैयाँ बिहिबार घटेको हो ।

बुधबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको घिरौंला बिहिबार २५ रुपैयाँमा बिक्री भएको छ । यस्तै विहिबार भिण्डीको मूल्यमा पनि प्रतिकिलो ११ रुपैयाँ घटेको छ । बुधबार ५६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको भिण्डी बिहिबार ४५ रुपैयाँमा बिक्री भएको छ ।

सेतो मुलाको मूल्यमा भने बुधबारको तुलनामा बिहिबार ९ रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो २६ रुपैयाँमा बिक्री भएको मुला बिहिबार ३५ रुपैयाँमा बिक्री भएको छ । तने बोडीमा पनि बुधबारको तुलनामा बिहिबार प्रतिकिलो १० रुपैयाँले मूल्य बढेको छ । बुधबार ४५ रुपैयाँमा बिक्री भएको तने बोडी बिहिबार ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ ।

बिहिबार स्वदेशी ठूलो गोलभेडा ५५, स्वदेदशी सानो गोलभेडा १२.३३, टनेलको सानो गोलभेडा १७.२५, रातो आलु ५३.६७, रातो आलु मुढे ४७, प्याज ८२.३३, बन्दा २२.३३, स्वदेशी काउली ४५, ज्यापु स्थानीय काउली ५५ लाम्चो भान्टा ३५, घिउ सीमा ४५, तिते करेला ३५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै लौका ४५, लोकल परवर ७५, झिगुनी २५, पाकेको फर्सी ४०, लाम्चो हरियो फर्सी २५, डल्लो हरियो फर्सी ३०, पिडालु ९५, स्कुस ४५, रायो साग ५५, तोरीको साग २५, कन्ये च्याउ १५३, डल्ले च्याउ २९०, राजा च्याउ २९०, ब्रोकाउली ११० र कटहर ४५ रुपैयाँ प्रतिकिलोमा बिहिबार बिक्री भएको छ ।

कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु