७ वटा इन्टरनेटको सेवाप्रदायकको लाइसेन्स खारेज, यी हुन मापदण्ड पूरा नगर्ने कम्पनी




काठमााडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवाप्रदायकको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले नियामकीय मापदण्डहरुको पालना नगरेको कारण दूरसञ्चार सातवटा सेवाप्रदायकको इजाजतपत्र खारेज गरेको छ ।

प्राधिकरणबाट इन्टर्नेट (इ–मेल सहितको) सेवा संचालन गर्न अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकोले उनीहरुको लाइसेन्स खारेज गरेको प्राधिकरणले जानाकारी दिएको छ ।

प्राधिकरणका अनुसार इजाजतपत्र नवीकरण गर्न इच्छुक नभएका ती सेवाप्रदायकको दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको हो ।

प्राधिकरणले बशिष्ठ केबल नेट, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्ट, एसिया नेट कम्युनिकेशन, फास्ट स्पीड लिंक नेटवर्क, यस नेपाल र मिथिला डिजिटल नेपालको लाइसेन्स खारेज गरेको हो ।

खारेजीमा परेको सेवाप्रदायकहरुले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न÷बुझाउन पर्ने रकम यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र जम्मा गरी यस कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सर्वाजनिक सूचनामार्फत आग्रह गरेको छ ।


क्लिकमान्डु