जेठमा घर जग्गा कारोबारमा सुधार, साढे ४७ करोड राजस्व बढ्यो



काठमाडौं । जेठमा घर जग्गा कारोबारमा सामान्य सुधार देखिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार १६१ वटा लिखत पारित भएको छ । गएको बैशाखमा ४९ हजास ७८२ वटा लिखत पारित भएका थिए ।

बैशाखको तुलनामा जेठमा ११ हजार ३७९ वटा बढी लिखत पारित भएको छ । सबैभन्दा धेरै कारोबार भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले गरेको छ । यो कार्यालयले २ हजार ३ सय ७५ वटा लिखत पारित गरेको छ ।

भुमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम,धनुषाले २ हजार ३ सय ४८, झापाले  १ हजार ९ सय ८१,मोरङले १ हजार ९ सय ५८, राजविराज सप्तरीले १ हजार ७ सय २९ वटा लिखत पारित गरेका छन् ।  काठमाडौंका कार्यालयहरु डिल्लिबजारले २ सय ५४, चाबहिलले ५ सय ३२, कलकींले ७ सय ६३, मनमैजुले ३ सय १७, साँखुले ५ सय २९, टोखाले १ सय ५९ वटा लिखत पारित गरेका छन् ।

कारोबारमा वृद्धि भएसँगै राजस्व समेत बढेको छ । देशभरका मालपोत कार्यालयहरुले जेठमा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेका छन् । बैशाखको तुलनामा ४७ करोड ५४ लाख बढी राजस्व संकलन भएको छ ।

बैशाखमा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ उठेको थियो । चैतमा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जेठमा रजिस्टेसन दस्तुर २ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ ।  २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ संकलन भएको थियो ।


क्लिकमान्डु