सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा बजार २ हजार बिन्दुबाट घटेको छ ।

बजार मापन गर्ने सूचक १७.०४ अंकले घटेर परिसूचक २०९५.२५ बिन्दु कायम भएको छ । ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ ।

कारोबारमा होटल समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । यो दिन नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किन लागेको छ ।

मनकामना स्मार्ट लघुवित्त, शिव श्री हाईड्रोपावर, कुथली बुखरी स्मल हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै भगवती हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो दिन समृद्धि फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु