धितोपत्र बोर्ड अध्यक्षका लागि अन्तर्वार्ता जारी, ३ जना अनुपस्थित



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता जारी छ ।

आइतबार राष्ट्रिय योजना आयोगको हलमा उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भइरहेको हो ।

तर, अन्तर्वार्तामा ३ जना अनुपस्थित रहेका छन् । बोर्ड अध्यक्षको अन्तवार्तामा सर्टलिस्टमा परेका ३ जना उपस्थित नभएका हुन्।

स्रोतका अनुसार सर्टलिसटमा परेका कृष्ण कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारी अनुपस्थित रहेका हुन् । सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको भने अन्तवार्ता जारी छ ।

अध्यक्ष छनोट समितिले ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषद्सामु सिफरिस गर्नुपर्नेछ ।

सेबोन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि पुस १९ गतेदेखि धितोपत्र बोर्डमा अध्यक्ष खाली छ ।


क्लिकमान्डु