महालक्ष्मी बैंकद्वारा विभिन्न सेवाहरुमा विशेष छुटको घोषणा



काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र र सुपर मार्केटसँग सहकार्य गरी आफ्ना ग्राहकलाई विभिन्न प्रकारका सेवामा छुटको सुविधा प्रदान गरेको छ ।

जसअनुसार पोखरास्थित लेखनाथ सिटी अस्पतालमा उपचार गराउँदा जेरनल वेडमा २५, क्याविन, पोस्ट अपरेशन र ल्याबमा १५, आईसीयुमा १०, सर्जरी र फार्मेसी सेवामा ५ प्रतिशत छुट दिने घोषणा गरेको हो ।

यस्तै ललितपुरको ओरो प्लस डेन्टल क्लिनिकमा उपचार गराउँदा नियमित उपचारमा १० र विशिष्टिकृत उपचारमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी बुटवलस्थित एएण्डए हेल्थ क्लवमा उपचार गराउँदा फुड सप्लिमेन्टमा ५, तनि महिने एडभान्स फीतर्फ १० र ६ महिने एडभान्स फीतर्फ १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसैगरी तिलोत्तमा नगरपालिकास्थित सुपर मार्केट एनजी मार्केटमा सपिङ्ग गर्दा गार्मेन्टमा १०, घरायसी र विद्युतीय उपकरणमा ५, खाद्यान्नमा १.५ र गैर खाद्य पदार्थमा २ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।

बैंकले आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन यस्ता संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोवाइल बैकिङ्ग प्रयोगकर्ताले ति संस्थाहरुबाट छुट प्राप्त गर्न सक्ने बताइएको छ ।


क्लिकमान्डु