कालिमाटी तरकारी बजारमा आज : तने बोडीमा २० रुपैयाँ घट्यो, परवरमा ५ रुपैयाँ बढ्यो



काठमाडौं । तने बोडीको थोक मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले आइतबार संकलन गरेको मूल्य अनुसार तने बोडीको मूल्यमा प्रतिकिलो २० रुपैयाँले घटेको छ ।

बजार अनुसार शनिबार प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको तने बोडीको मूल्य घटेर आइतबार ७५ रुपैयाँमा कारोबार गरेको छ ।

उता शनिबार केही सस्तो रहेको परबरको मूल्य आइतबार बढेको छ । प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको लोकल परवरको मूल्यमा आइतबार ५ रुपैयाँ बढेको छ । आइतबार यो परवर प्रतिकिलो ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यसैगरी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तराईको परवरमा पनि ५ रुपैयाँ बृद्धि भई आइतबार प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ ।

शुक्रबारदेखि आइतबारसम्म राजा च्याउको मूल्यमा कुनै हेरफेर भएको छैन् । आइतबार पनि यो च्याउले २९० प्रतिकिलोमै कारोबार गरेको छ । यस्तै डल्ले च्याउको मूल्यमा शनिबारको तुलनामा आइतबार ६ रुपैयाँ बढेर २९० प्रतिकिलोमा कारोबार गरेको छ । त्यस्तै शनिबार १७६ प्रतिकिलोमा बिक्री भएको कन्ये च्याउको मूल्य पनि आइतबार ११ रुपैयाँले कम भएर प्रतिकिलो १६५ रुपैयाँमा बिक्री भएको छ ।

आइतबार स्वदेशी ठूलो गोलभेडाको मूल्यमा २० रुपैयाँ बढेको छ । शनिबार प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भएको यो गोलभेडा आइतबार ६५ रुपैयाँमा बिक्री भएको छ ।

उता स्वदेशी सानो गोलभेडाको मूल्यमा आइतबार ६ रुपैयाँ घटेको छ । शनिबार प्रतिकिलो १८ रुपैयाँमा बिक्री भएको यो गोलभेडा आइतबार १२ रुपैयाँमा बिक्री भएको छ । टनेलमा उत्पादन हुने गोलभेडा प्रतिकिलो ६ रुपैयाँले घटेको छ । शनिबार २५ रुपैयाँमा बिक्री भएको यो गोलभेडा आइतबार १९ रुपैयाँमा बिक्री भएको हो ।

आइतबार रातो आलु ५३, भारतीय रातो आलु ४७, मुढे रातो आलु ४९, सुकेको प्याज ८२, बन्दा २५, स्थानीय काउली ६०, ज्यापु स्थानीय काउली ६५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, तिते करेला ४५, लौका ४५ र घिरौला ५५ रुपैयाँ प्रतिकिलोमा आइतबार बिक्री भएको छ ।

यस्तै पाकेको फर्सी ४०, हरियो लाम्चो फर्सी ३५, हरियो डल्लो फर्सी ३५, भिन्डी ३५, भेडे खुर्सानी ४५, स्कुस ५५, ब्रोकाउली ९५, कटहर ४५, रायो साग ४५ र तोरीको साग २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु