सुदूरपश्चिम प्रदेश : ल्याइयो ३१ अर्ब ६२ करोडको बजेट



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले उक्त बजेट ल्याएका हुन् ।

कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब ७ करोड रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री पालले बताएका छन्


क्लिकमान्डु