कालिमाटी तरकारी बजारमा आज: १० रुपैयाँले सस्तो भयो माल्दह आँप



काठमाडौं । थोकमा माल्दह आँपको मूल्य घटेको छ । शुक्रबारको तुलनामा शनिबार माल्दह आँपकको मूल्य घटेको हो ।

कालिमाटी फलफूल तथा तरकारी थोक बजारमा शनिबार ७५ रुपैयाँ प्रतिकिलोमा माल्दह आँप बिक्री भएको छ । यहि आँप शुक्रबार भने प्रति किलो ८८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । आँपहरुमा सबैभन्दा स्वादिलो र गुदिलोमा माल्दहलाई मानिन्छ ।

नेपालको माल्दह आँप निक्कै स्वादिलो र लोकप्रिय छ । त्यसमा पनि सिराहा जिल्लामा फलेको यो जातको आँप देशभर प्रख्यात छ ।
यस्तै शुक्रबारको तुलनामा शनिबार लोक काक्रोको मूल्य पनि बढेको छ । शनिबार प्रतिकिलोमा ९ रुपैयाँले मूल्य बढेको छ । शुक्रबार प्रतिकिलो ४६ रुपैयाँमा बिक्री भएको यो काक्रो शनिबार ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
शुक्रबार २९० प्रतिकिलोमा बिक्री भएको राजा च्याउको मूल्य शनिबार पनि यथावत नै रहेको छ । यस्तै डल्ले च्याउको मूल्य शनिबार पनि यथास्थितिमा रहेको पाइएको छ । शनिबार पनि २८४ प्रतिकिलोमा यो च्याउ बिक्री भएको छ ।
त्यस्तै १९२ प्रतिकिलोमा बिक्री भएको कन्ये च्याउको मूल्य शनिबार झरेर १७६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

शनिबार स्वदेशी ठूलो गोलभेडा ४५, स्वदेशी सानो गोलभेडा १८, टनेल गोलभेडा २५, रातो आलु ५४, भारतीय रातो आलु ४७, मुढे रातो आलु ४९, सुकेको प्याज ८३, बन्दा २५, स्थानीय काउली ५५, ज्यापु स्थानीय काउली ६६.६७, लाम्चो भान्टा ३०, डल्लो भान्टा ३०, तने बोडी ९५, लोकल घिमी सिमी ५६, तिते करेला ४६, लौका ४५, लोकल परवर ७५, तराईको परवर ६५ र घिरौला ५६ रुपैयाँ प्रतिकिलोमा शनिबार बिक्री भएको छ ।

यस्तै पाकेको फर्सी ३८, हरियो लाम्चो फर्सी ३५, हरियो डल्लो फर्सी ३५, भिन्डी ३०, भेडे खुर्सानी ४६, स्कुस ६६.६७, रायो साग ४६.६७ र तोरीको साग २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

कालिमाटी बजारमा शनिबारको तरकारीसहितको मूल्य सूची


क्लिकमान्डु