हाँडीगाउँभित्र गाडि चलाउन नपाइने !



काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँभित्र गाडि चलाउन नदिने योजना बनाएको छ । महानगरका मेयर बालेन्द्र साह बालेनले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हाँडिगाउँजस्ता प्राचीन, पुरातात्त्विक तथा विशेष महत्वका क्षेत्रलाई नो भेइकल जोनको रूपमा विकास गर्ने योजना सुनाएका हुन् ।

यसैगरी, सूचीकृत सम्पदा क्षेत्रलगायत न्युरोडलाई पनि नो भेइकल जोनको रूपमन विकास गर्ने महानगरको योजना छ ।

महानगरले विश्वसम्पदा क्षेत्र वौद्धनाथ र स्वयम्भूलाई आफ्नो मातहतमा ल्याउने उद्घोष बालेनले गरे ।


क्लिकमान्डु