एनआईसी एशिया बैंकले कति दिन्छ ब्याज ?



काठमाडौं । एनआईसी एशिया बैंकले असार १ गतदेखि लागू हुनेगरी ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असार १ गतेदेखि मुद्दती निक्षेपमा अधिकतम ७.६९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल ५ वटा मुद्दती खाता सञ्चालन गरिरहेको छ ।

यस्तै संस्थागत तर्फ अधिकतम ६.६९ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले संस्थागत तर्फ चार वटा खाता सञ्चालन गरेको छ ।


क्लिकमान्डु