कुमारी बैंकले मुद्दती निक्षेपमा ६.७६ प्रतिशतसम्म ब्याज दिने



काठमाडौं । कुमारी बैंकले असार १ गतेदेखि मुद्दती निक्षेपमा ६.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले असारका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको अधिकतम ब्याज ६.७६ प्रतिशत रहेको छ ।
बैंकले व्यक्तिगत तर्फ ५ वटा मुद्दती खाता सञ्चालन गर्दै आएको छ ।

यस्तै संस्थागत तर्फ ५.६१ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले बचत खातामा ३.२६ देखि ५.२६ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकको वैशाख मसान्तसम्मको आधारदर ९.५१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.०१ प्रतिशत ब्याज लाग्छ ।


क्लिकमान्डु