असारका लागि एभरेष्ट बैंकको नयाँ ब्याजदर कति ?



काठमाडौं । एभरेष्ट बैंकले असारका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर असार १ देखि लागू हुनेछ ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने छ । यस्तै संस्थागत तर्फ ४.७५ प्रतिशत रहेको छ ।
बैंकले बचत खातामा ३ देखि ४.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले हाल १० वटा बचत खाता चलाएको छ ।

जेठ मसान्तम्म बैंकको आधारदर ७.४८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १०.९८ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा अधिकतम ३.५० प्रतिशतसम्म प्रिमियम थपिने छ ।


क्लिकमान्डु