कुमारी बैंकको संस्थापक सेयर बिक्री गरेर बाहिरिँदै रघुनाथ प्रधान



काठमाडौं । कुमारी बैंकका संस्थापक सेयरधनी रघुनाथ प्रधानले आफ्नो स्वामित्वमा रहेको १ लाख ६२ हजार ९६७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

उनले बिक्री गर्न लागेको सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीलाई ३५ दिने सूचना जारी भएको छ ।

उक्त सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिन भित्र कुमारी क्यापिटल नक्सालमा आवेदन दिनुपर्ने छ ।

३५ दिनसम्म पनि विद्यमान संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारणका लागि आवेदन खुला गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु