प्रभु बैंकका ५ जनाको संस्थापक सेयरधनीको सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकका संस्थापकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

बैकले बिमल तिमल्सिनाको नाममा रहेको ५ हजार ५३२ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, सुदन प्रसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता, गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९ सय कित्ता र नवल किशोरराज भण्डारीको नाममा रहेको ८४ हजार ४६६ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा बैकका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा विभिन्न संघ संस्थाले खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्ने समय १५ दिन बाँकी रहेको छ ।


क्लिकमान्डु