प्रभु महालक्ष्मी लाइफका २ जना संस्थापक सेयरधनीले सेयर बेच्ने



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

संस्थापक सेयरधनी विराट कुमार श्रेष्ठले २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीले २ हजार ७४५ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
उक्त सेयरमा संस्थापक सेयरधनी, अन्य व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आजदेखि ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिनु पर्ने छ ।


क्लिकमान्डु