सहकारी ठगी प्रकरणः संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दै



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।
आजै २ बजे प्रतिनिधि सभाको बैठकलगत्तै सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरको शंकर हलमा बैठक बस्न लागेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा प्रकरणमा मुछिएपछि काग्रेसले संसद अबरुद्ध गर्दा समिति बनेको छ ।
समितिको सभापति एमालेका सूर्य थापा रहेका छन् । समितिमा ईश्वरीदेवी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल, सरिता भुसाल र सूर्यबहादुर थापा रहेका छन् । समितिमा कांग्रेस र एमालेबाट २÷२, माओवादी, रास्वपा र राप्रपाका १÷१ जना सदस्य रहेका छन् ।

समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव तीन महिना भित्र दिनेछ । यसका लागि २९ वटा सहकारीको अनुसन्धान गरिने छ ।


क्लिकमान्डु