‘पाँच रन बापत एक कफी बिरुवा’ अभियान सुरु



काठमाडौं । विश्व कपमा सहभागी भएका नेपाली क्रिकेट खेलाडी र किसानलाई जोड्ने गरी प्रत्येक ५ रनमा एक कफी बिरुवा अभियान सुरु गरिएको छ ।

नेपाली किसानलाई विभिन्न प्रकारको डिजिटल सुविधा उपलब्ध गराउँदै आएको सुपर कृषक एपले खेलको क्रममा नेपाली खेलाडीले प्राप्त गर्ने ५ रनबराबर एक कफीको विरुवा बितरण गरिने अभियान मंगलबारदेखि गरेको हो ।

घामपावर नेपालद्वारा प्रवद्धित उक्त एप कम्पनीले बिज्ञप्ती जारी गर्दै विश्व कप खेलमा सहभागी भएका नेपाली खेलाडीलाई हौसला प्रदान गर्न यो अभियान सुरु गरिएको जनाएको छ ।

कम्पनीले नेपाली कफीले विश्व बजारमा उत्कृष्टता प्रदर्शन गरिरहेको अवस्थामा नेपाली क्रिकेट खेलाडीले पनि आईसीसी टि २० बल्र्ड कपमा आफ्नो स्थान ओगट्न सफल हुने अपेक्षा गरेको छ ।

घाम पावर नेपालले विकास गरेको यो सुपर कृषक एपले हालसम्म २० हजारभन्दा बढी नेपाली किसानलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ ।

अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा, एआईमाध्यमबाट रोग कीरा पहिचान गर्न कृषि डाक्टर, भू -उपग्रहको सहयोग बाट बालीको स्वास्थ्य, सिंचाई, मौसम स्थिति बारे जानकारी उपलब्ध गराउनुका साथै कृषि चिना साथै च्याटबटको माध्यमबाट किसानलाई सहज रुपमा कृषि बजार मूल्यको बिषयमा पनि निःशुल्क जानकारी उपलब्ध गराउँदै आएको बताइएको छ ।


क्लिकमान्डु