अग्‍नि पीडितलाई सिटिजन्स बैंकको सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरीको राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ वटा अग्नि पीडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ ।

गत वैशाख १८ गते भएको आगलागीबाट ती परिवारका घर तथा चौपायाहरु जलेर नष्ट भएका थिए । घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भए पनि सहयोग गर्न पाउँदा पीडितहरुको दिनचर्यामा केही दिनको लागि भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।

पीडित परिवारलाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन, लत्ता कपडा, पाल, सारी तथा गम्छा लगायतका सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।

पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति थियो ।

१७ वर्षयता ग्राहकहरुमा सर्वसुलभ बैंकिङ सेवा पुर्‍याउँदै आएको सिटिजन्स बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


क्लिकमान्डु