बालेनले भत्काएको सडक पीच गर्न थालेपछि रोक्न पुग्यो महानगर प्रहरी, न्युरोडमा तनाव



काठमाडौं । न्युरोड क्षेत्रको सडकपेटी विस्तार गर्ने र गर्न नहुने विषयले सडक विभाग र काठमाडौं महानगरबीच विवाद भएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पीच गर्न थालेपछि बिबाद भएको हो । सडक विभागका कर्मचारीले पीच गरिरहँदा नगर प्रहरी पुगेपछि न्युरोडमा विवाद भएको हो ।

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पीच खनेको थियो । तर डिभिजन सडक कार्यालयले महानगरको कदम कानुनविपरित भएको भन्दै त्यसलाई जस्ताको तस्तै बनाउन महानगरलाई अल्टिमेटम दिएको थियो ।

तर मेयर बालेन्द्र शाहले आफूहरुले मापदण्ड अनुसार काम गरेको जिकिर गरेका थिए । बिबाद बढ्दै जाँदा कार्यालयले आज विहानदेखि महानगरले भत्काएको सडक पीच गर्न थालेको हो ।

महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ ।


क्लिकमान्डु