आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा छुट

231
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् ।

दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएपछि आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा भारी छुट पाउने छन्।

यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ प्रमुख सुदिप राणाले सम्झैता हस्ताक्षर कार्यक्रममा बताए ।