सीमित साधन स्रोतलाई जिम्मेवारीपूर्वक विनियोजन गर्ने प्रयत्न गरेँ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सीमित साधान स्रोतलाई जिम्मेवारीपूर्वक विनियोजन गर्ने प्रयत्न आफूले गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा आव २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव राख्दै अर्थमन्त्री पुनले बजेट बनाउँदै गर्दा स्रोतको निकै संकुचनको अवस्था रहेको उल्लेख गरे ।

अर्थतन्त्र लयमा फर्किँदै गएको भए पनि अहिलेसम्म पूरै लयमा आइनसकेको र सरकारले मेहेनत गरिरहेको उनले बताए ।

मन्त्री पुनले निजी क्षेत्रको मनोबल उच्च हुने गरी आफूले बजेट ल्याएको दाबी गरे । बजेट अघि निजी क्षेत्रले मनोबल उकास्न सक्छ कि सक्दैन भन्दै खबरदारी र सुझाव दिने काम गरिरहेको उनले स्मरण गरे ।

‘बजेटको नीजि क्षेत्रले सन्तुलित आएको भन्दै स्वागत गरेको छ, ‘ उनले भने, ‘सन्तुलित र बस्तुवादी आयोभन्ने सुन्नपाउँदा खुसी छु।’

विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई यसअघिका अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको र त्यसलाई आफूले आत्मसाथ गरेको पुनले बताए ।

उनले आफूले बजेटमा राजस्वका दरहरुलाई निकै कम मात्र चलाउन खोजेको बताए ।

‘सीमित साधान स्रोतलाई जिम्मेवारी पूर्वक विनियोजन गर्ने प्रयत्न गरेका छौं,’ अर्थमन्त्री पुनले भने, ‘ राजस्वका दरहरुलाई निकै कम मात्र चलाउन खोज्यौं । नीतिका स्थायित्वलाई राख्न निकै कम चलाएका हौं ।उत्पादनलाई संरक्षण गर्ने ढंगले केही जरुरी ढंगले चलाइएको छ ।’


क्लिकमान्डु