सल्यानको सामुदायिक विद्यालयमा माछापुच्छ्रे बैंकद्वारा खानेपानी पूर्वाधार निर्माण



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको सल्यान जिल्लास्थित शारदा नगरपालिका १५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण सम्पन्न गरेको छ ।

जेठ १६ गते बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहबीच उक्त खानेपानी आयोजना बैंकका कर्मचारीहरुले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई खानेपानी अभाव हुँदा पठनपाठन नै प्रभावित भएपछि बैंकले खानेपानी पूर्वाधार तयार पारेको हो ।

यसअघि विद्यालयका २८९ विद्यार्थी र १८ शिक्षक/कर्मचारीहरुले साढे ३ किलोमिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएकोका थिए । तर खडेरीको समयमा पानीको मुहान सुक्दा पानी अभाव हुने गरेको थियो ।

यस्तो अभाव पूर्ति गर्न बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर अनवरत पानीको व्यवस्था मिलाएको हो । बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्वाधार तयार पारेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।


क्लिकमान्डु