विश्वकै सबैभन्दा ठूलो डाइनोसरको जीवाश्म ६० लाख डलरमा बिक्री गरिँदै



एजेन्सी । अहिलेसम्म भेटिएको विश्वकै सबैभन्दा ठूलो र पूर्ण डाइनोसरको जीवाश्म बिक्रीको लागि राखिने भएको छ । यही सिजनमा हुने सोथबाइको ‘गिक विक’मा उक्त जीवाश्म ६ लाख अमेरिकी डलर अर्थात् बिक्री हुने अपेक्षा गरिएको छ ।

एपेक्स नाम राखिएको उक्त जीवाश्म ११ फिट अग्लो र २० फिटभन्दा लामो छ । जुन बेलायतको लण्डन प्राकृतिक संग्रहालयमा राखिएको सोफी नामको जीवाश्मभन्दा ३० प्रतिशत ठूलो छ । एपेक्स यदि ६ मिलियन डलरमा बिक्री भएको अवस्थामा सबैभन्दा मूल्यवान जीवाश्ममध्ये यो पनि एक हुनेछ । जवकि यसअघि २०२० मा स्टेन नामको जीवाश्म ३१.८ मिलियन डलरमा लिलामी भएको थियो ।

जवकि डाइनोसरको जीवाश्म विक्री हुने क्रम २०२२ पछि घटेको बताइन्छ । यसअघि जीवाश्म विक्रेताबीच प्रतिस्पर्धाका कारण लिलामी घटाउने पनि भएको थियो । एपेक्स डायनोसरलाई २०२२ को मे महिनामा कोलोराडोको मोफट काउन्टीका प्यालेओनेटोलोजिस्ट जेसन कुपरले पत्ता लगाएका थिए । एपेक्सलाई यही जुलाइमा बिक्री गर्नुअघि न्यूयोर्कमा सोथेबीको ग्यालरीहरुमा प्रदर्शन गरिनेछ ।

एपेक्स जीवाश्ममा लडाइँ वा शिकार सम्बन्धी चोटपटकको कुनै लक्षण नदेखिने पनि वैज्ञानिकहरु बताउँछन् । र यो धेरै वर्षसम्म बाँचेको विज्ञहरुको अनुसन्धानले देखाएको छ ।


क्लिकमान्डु