प्रदेश प्रमुखको कार्यालयलाई ३ करोड बजेट: सबैभन्दा धेरै सुदूरपश्चिममा, थोरै कर्णालीमा



काठमाडौं । प्रदेश प्रमुखहरुको कार्यालयका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ३ करोड ११ लाख रुपैयाँ बजेट छुट्याएको छ । जसअन्तर्गत कोशी प्रदेश प्रमुखको कार्यालयलाई ४५ लाख छुट्याइएको छ भने मधेस प्रदेश प्रमुखको कार्यालयका लागि ४४ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै वागमती प्रदेश प्रमुखको कार्यालयका लागि सरकारले ४२ लाख रुपैयाँ बजेट छुट्याएको छ । साथै गण्डकी प्रदेश प्रमुखको कार्यालयका लागि ४५ लाख बजेट छुट्याइएको छ भने लुम्बिनी प्रदेश प्रमुखका लागि ४५ लाख छुट्याइएको छ ।

यस्तै कर्णाली प्रदेश प्रमुखका लागि ४३ लाख र सुदूरपश्चिम प्रदेश प्रमुखका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ४७ लाख रुपैयाँ बजेट छुट्याएको छ । यसअनुसार संघीय सरकारले सबैभन्दा धेरै सूदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयलाई ४७ लाख बजेट छुट्याएको छ भने सबैभन्दा थोरै त्यसैको छिमेकी प्रदेश कर्णालीका प्रदेश प्रमुखको कार्यालयका लागि ४३ लाख छुट्याएको छ ।

यसैबीच, चालु आर्थिक वर्षमा प्रदेश प्रमुखहरुका कार्यालयका लागि सरकारले ३ करोड १ लाख रुपैयाँ बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७९/८० मा भने प्रदेश प्रमुखहरुको कार्यालयले २ करोड ६७ लाख खर्च गरेका थिए ।


क्लिकमान्डु