नेपालको इतिहासमै पहिलो पटक हरित कर लगाइयो



काठमाडौं । सरकारले कोइला, पेट्रोलियम पदार्थ पत्थर कोइलालगायतमा हरित कर लगाएको छ ।

सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत नेपालको इतिहासमा पहिलो पटक हरित कर लगाउने घोषणा गरेको हो । यो कर भन्सार विन्दुमै लगाइएको छ ।

अर्थमन्त्री बर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमार्फत कोइलातर्फ चूर्ण पारिएको वा नपारिएको तर असंगठित कोइला शिर्षक अन्तर्गत आन्थ्रसाइट, विटुमिनयुक्त कोइला, अन्य कोइला र कोइलाबाट तयार भएको ब्रिकेट, अण्डाकारका वस्तु र त्यस्तै प्रकारको ठोस इन्धनहरुको आयातमा प्रतिकिलो ५० पैसा हरित कर लाग्ने व्यवस्था गरेको छ।

यस्तै पत्थर कोइला, लिग्नाइट वा पिटको संगठित वा असंगठित कोक र अर्ध कोक, रिटोर्ट कार्वनमा पनि प्रतिकिलो ५० पैसा हरित कर लाग्ने व्यवस्था गरिएको छ ।

सरकारले पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजतर्फ पेट्रोल(मोटर स्पिरिट), हाई स्पीड डिजेल, हेक्जेन(फूड ग्रेड), अन्य, लुव्रिकेटिङ आयल, पोलिक्लोरिननेटेड बाइफेनल, पीसीबीएस, पोलिक्लोरिनेटेड टरफेनल, पोलिब्रोमिनेटेडलगायतमा कूल मूल्यको १ प्रतिशत हरित कर लाग्ने व्यवस्था गरिएको छ ।

त्यस्तै स्पाइण्डल तेल, ट्रान्सफर्मर आयल, मिनरल टर्पेन्टाइन आयल, रबरकको प्रशोधनमा प्रयोग हुने तेल, लिक्विड प्याराफिन आयल, ह्वाइट आयल, अभस्मित र भस्मितमा कूल मूल्यमा ०.५ प्रतिशत हरित कर लगाउने सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत व्यवस्था गरेको छ ।


क्लिकमान्डु