आँप–अम्बाजस्ता फलफूल, दाउरा–मुढा र भेडा–बाख्राको मासुमा पनि भ्याट लाग्ने



काठमाडौं । अबदेखि आँप, अम्बा, खजुर जस्ता ताजा वा सुकेको फलफूलमा पनि भ्याट लाग्ने भएको छ । सरकारले आर्थिक विधेयक २०८१ मार्फत् आँप, भुँइटहर, आभोकाडो, आँप, म्यांगोस्टिनलाई भ्याटछुट पाउने वस्तु तथा सेवाको सूचीबाट हटाएको हो ।

यसैगरी आधारभुत आवश्यकताका वस्तुहरु बाल्ने दाउरा, मुढा, चिरेको मोटो टुक्रा, भेडा वा बाख्राको मासु, किटनासक, ढुसीनासक तथा हाते औजारहरु भ्याट छुट पाउने वस्तुको सूचीबाट हटेका हुन् ।


क्लिकमान्डु