घाउमा प्रयोग हुने पट्टीदेखि रगतसम्ममा सरकारले लगायो भ्याट, कुन कुनमा लगायो ?



काठमाडौं । सरकारले औषधि उपचार तथा यस्तै स्वास्थ्य सेवाहरूमा भ्याट लगाएको छ । मंगलबार संघीय संसदमा पेस भएको आर्थिक विधेयकमार्फत सरकारले यी सामग्रीहरुको आयातमा १३ प्रतिशत भ्याट लागेको हो ।

आर्थिक विधेयक अनुसार घाउँ वा चोटपटकमा प्रयोग हुने पट्टी(व्यान्डेज) मा कर लगाएको हो । यसअघि व्यान्डेजमा प्रतिकिलोग्राम सार्क मुलुकबाट ६ र अन्य देशबाट १० रुपैयाँ लाग्ने गरेकोमा अब अतिरिक्त १३ प्रतिशत भ्याट लाग्ने छ । अब भ्याट खरिद मूल्यमा भन्सार महसुल जोड्दै अतिरिक्त १३ प्रतिशत भ्याट लाग्ने छ ।

त्यस्तै सरकारले यी वस्तुहरुको आयातमा भ्याट लगाएको छ ।

मानव रक्त; रोगको उपचार, रोकथामका लागि तयार गरिएको वा रोगलाई निदान गर्ने प्रयोजनका लागि बनाएको जीवजन्तुको रगत, एन्टिसेरा र अन्य रक्त खण्डहरू र रोधक्षमता सम्बन्धी उत्पादनहरू, परिवर्तन गरिएको वा नगरिएको वा जीव प्रद्यौगिकीय प्रक्रियाहरू (बायो टेक्नोलोजिकल प्रोसेसेज) को माध्यमबाट उपलब्ध भएको वा नभएको; खोपहरू, विषालु पदार्थ (टक्सिन)हरू, सूक्ष्म जीवाणुका कल्चरहरू (मर्चाहरू बाहेक) र यस्तै उत्पादनहरू; परिवर्तन गरिएका वा नगरिएका कोषिका संवर्द्धन सेल कल्चरहरूमा भ्याट लाग्ने छ ।

त्यस्तै परीक्षण किट्स (ड्यागनोस्टिक किट्स )हरुमा पनि भ्याट लाग्ने छ ।
आर्थिक विधेयकका अनुसार नरम कपासको अस्तर (वाडिङ्ग), जाली (गज), पट्टी (ब्याण्डेज ) र त्यस्तै सामानहरु (उदाहरणको लागि पट्टी (ड्रेसिङ्ग ), टांसिने प्लाष्टरहरु, लेपहरु (पोल्टिस), औषधि तत्त्वले संक्रि (इम्प्रिग्नेट) गरिएको वा बाहिरपट्टि लेप लगाएको (कोटेड) वा औषधि, चिरफार, दन्त्यचिकित्सा वा पशुचिकित्साको उद्देश्यको लागि खुद्रा बिक्रीको पुलिन्दा वा आकारमा राखिएको वस्तुमा भ्याट लाग्ने छ ।

घाउमा लगाउने टाँसिने पट्टी ड्रेसिङ्गहरू र टांसिने तह लेयर भएका बस्तुहरुका साथै कागज, कागजगाता वा कपडा पदार्थहरू बाहेक जुनसुकै पदार्थ, म्याटेरियल (को समतल ) फ्ल्याट (प्रकाशग्राही) सेन्सिटाइज्ड ( र नखोलिएको ( अनएक्सपोज्ड ) छायाचित्रण (फोटोग्राफी) सम्बन्धी प्लेटहरू र फिल्म समतल, प्रकाशग्राही, नखोलेको प्याकमा भएको वा नभएको तत्काल छापिने फिल्म इन्स्ट्यान्ट प्रिन्ट फिल्ममा पनि भ्याट लाग्ने छ ।


क्लिकमान्डु