कम्युनिष्ट सरकारले लगायो हँसिया-हतौडा र कोदालोमा भ्याट !



काठमाडौं । वामपन्थी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको सरकारले हसिया हतौडामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ ।

हसियाँ हतौडा वामपन्थी दलहरुको प्रमुख संकेत चिह्नसमेत हो ।

वामपन्थी दल नेकपा माओवादी केन्द्र र अर्को वामपन्थी दल नेकपा एमाले नेतृत्वको सरकारले कृषि सामग्रीहरुमा भ्याट लगाएको हो ।

मंगलबार संघीय संसदमा पेस भएको आर्थिक विधेयकमार्फत सरकारले कृषि सामग्रीहरुमा भ्याट लगाएको हो । यी सामग्रीहरुमा १३ प्रतिशत भ्याट लागेको छ ।

हाते औजारहरु: कोदालो, साभेल, गैती, पिक, चाँदे (हो), काँटा (फोर्क) र दाँते रिक (; बन्चरो, खुर्पा (बिल हूक) र यस्तै काट्ने वा चिर्ने औजारहरू; बोट बिरुवा छाँट्ने एकै हातले चलाउने जुनसुकै किसिमका कैंची; दरौती (स्साइथ, हँसिया, खुर्पी, झाडी छांट्ने दुई हातले चलाउने कैची, किलो वा पच्चड (टिम्बर वेज) र कृषि, वागवानी वा वनजङ्गलको काममा प्रयोग हुने अन्य औजारहरू । कोदालो र सावेलहरूमा भ्याट लाग्ने भएको हो ।

हाल सावेल बेल्चा गैती आयात गर्दा प्रतिकिलो १० रुपैयाँ भन्सार महशुल लाग्ने गरेको छ । यस्तो कोदालो हसिँया बन्चरोमा प्रतिकिलो ५ रुपैयाँ भन्सार महसुल लाग्ने गरेको छ ।

अब भन्सार महसुलका अतिरिक्त १३ प्रतिशत भ्याट समेत लाग्ने भएको हो । जसले गर्दा करिब १४ प्रतिशतले हसियाँ हतौडाको मूल्य बढ्ने छ ।


क्लिकमान्डु