![](https://clickmandu.com/wp-content/uploads/2021/04/export-generica-2.jpg)
काठमाडौं । निर्यातकर्ताले २५ हजार डलरसम्मको निकासी गर्दा कागजात पछि पेश गर्न पाउने भएका छन् । यसअघि १० हजार हलरसम्म निर्यात गर्दा यस्तो सुविधा पाउँदै आएकामा सीमा बढेको हो ।
बजेट वक्तव्यमा भनिएको छ, ‘निकासीकर्ताले विदेशी मुद्रा प्राप्तीको कागजात तत्काल पेश गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेश गर्ने सर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पुर्याएको छु ।’
यसबाट खासगरी साना तथा मझौला निकासी कर्ता उद्योग लाभान्वित हुने विश्वास अर्थमन्त्रीको छ । यसैगरी वनमारा, पात पतिङ्गर लगायत खेर जाने सामग्रीबाट बन्ने पिलेटको निर्यातमा लाग्ने महसुल पनि घटेको छ ।
प्रतिक्रिया