साढे १८ खर्बको बजेट ल्याउँदा ५ खर्बको घाटा बजेट



काठमाडौैं । सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याउँदा ५ खर्ब रुपैयाँको घाटा बजेट सार्वजनिक गरेको छ ।

आगामी आर्थिक वर्षको लागि खर्च हुने अनुमानका आधारमा भएको १८ खर्बबाट ११ खर्ब ४० अर्ब ६६ करोड चालु खर्च, ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट चालु आर्थिक वर्षको भन्दा ६ प्रतिशतले बजेट बढेको हो । कुल विनियोजन भएको बजेटमा स्थानीय र प्रदेशलाई ४ खर्ब ८ अर्ब वित्तीय हस्तान्तरणमा रहेको छ ।

साढे १८ खर्ब रुपैयाँको खर्च जुटाउन सरकारले राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड राजस्वबाट संकलन गर्ने भएको छ भने वैदेशिक अनुदानबाट ५२ अर्व ३३ करोड संकलन गर्ने भएको छ ।

बाँकी ५ खर्ब ४७, ६७ अर्ब न्युन बजेटलाई पनि घाटा बजेट मान्छि । न्यून बजेटलाई पूरा गर्न २ खर्ब १७ अर्ब ६७ करोड बैदेशिक ऋणबाट र ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट पूर्ति गर्ने घोषणा पनि अर्थमन्त्री वर्षामान पुनले घोषणा गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत घोषणा गरेका छन् ।


क्लिकमान्डु