धितोपत्र बोर्ड र बिमा प्राधिकरणको क्षमता बढाउने, नेप्से र सिडिएससीको संरचनात्मक सुधार गर्ने



काठमाडौं । सरकारले धितोपत्र बोर्ड र बिमा प्राधिकरणको संस्थागत क्षमता बढाउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण गर्दै यस्तो जनाएका हुन् ।

उनले पुुँजी बजारका लगानीकर्ताका लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत सुधार गर्ने जनाए । नेप्से र सिडिएससीको संरचनात्मक सुधार गर्ने बजेटमा उल्लेख छ । वस्तु विनिमय बजारको विकास गर्नका लागि कानूनी र संस्थागत व्यवस्था मिलाइने भएको छ।

निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई पुँजी बजारमा अनिवार्य सुचीकृत हुने व्यवस्था मिलाइने मन्त्री पुनले बताए ।


क्लिकमान्डु