पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन, कुन सडक प्राथमिकतामा ?



काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल- नारायणगढ र कमला-कन्चपुर ४ लेनमा विस्तार कार्य आगामीवर्ष पूरा गर्ने बताए ।

काकडभिट्टा लौकही, बुटवल गोरसिंगे विस्तारको काम सुरु हुने छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-तराई/मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएको छ ।

मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड,हुलाकी सडकका लागि३ अर्ब ३० करोड रुपैयाँ, उत्तर-दक्षिण करिडोरका लागि ४ अर्ब ४३ करोड रुपैयाँ मदनभण्डारी राजमार्गका लागि ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ ।

नागढुगा नौबिसे मुग्लिन ४० किमी स्तरोन्नती गर्न ९ अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएको छ ।


क्लिकमान्डु