![](https://clickmandu.com/wp-content/uploads/2017/04/Mustang-mountains.jpg)
काठमाडौं । सरकारले राष्ट्रपति जलवायु परिवर्तन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसअन्तर्गत जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्युनिकरणका लागि अनुकुलनमा आधारित प्रविधि निर्माण गरिने पनि बजेटमार्फत् घोषणा गरिएको छ । यस्तै जलवायु परिवर्तनका असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरुमा यससम्बन्धी आवाज उठाइने अर्थमन्त्री पुनले बताएका छन् ।
साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्द ‘हिमाल जोगाउँ अभियान’ सञ्चालन गरिने पनि अर्थमन्त्री पुनले बताए । काठमाडौं । आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण क्षेत्रको बजेट बढेको छ । सरकारले चालु आर्थिक वर्षमा १५ अर्ब ५६ करोड विनियोजन भएकोमा आगामी आवका लागि १४ करोड बढी अर्थात रु १५ अर्ब ७० करोड विनियोजन गरेको छ ।
प्रतिक्रिया