चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्बमात्र बजेट खर्च हुने



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँमात्र बजेट खर्च हुने भएको छ । अर्थ मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशतमात्र खर्च हुने अनुमान गरेका हुन् ।

सरकारले चालू आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो । आफैंले ल्याएको बजेट संशोधन गर्दै निवर्तमान अर्थमन्त्री प्रकाशरण महतले १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका थिए । अर्थमन्त्री पुनले पनि महतले नै भनेअनुसार १५ खर्ब ३० अर्ब खर्च हुने अनुमान गरेका हुन् ।

चालू आवमा चालुतर्फ १० खर्ब ६७ अर्ब, पुँजीगततर्फ २ खर्ब १५ अर्ब र वित्तीय व्यवस्थातर्फ पुँजीगतभन्दा बढी अर्थात् २ खर्ब ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

महतले भने चालुतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब रूपैयाँ खर्च हुने बताएका थिए ।


क्लिकमान्डु